१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार नेपालले महिला पाँच हजार मिटरमा प्रतिस्पर्धा गर्दैछ। यसैगरी ८ सय मिटरको महिला र पुरुषको दौड तथा डिस्कस थ्रो पनि बिहीबार नै हुनेछ।
बास्केटबल पनि बिहीबार हुनेछ।
त्रिवि मैदान कीर्तिपुरमा नेपाल र भुटानको क्रिकेट म्याच बिहान ९ बजेदेखि हुनेछ।
गल्फको फाइनल राउन्ड बिहीबार नै सकिनेछ र स्वर्णको टुंगो लाग्नेछ।
साइक्लिङमा क्रस कन्ट्री इभेन्टमा महिला र पुरुषको प्रतिस्पर्धा हुनेछ।
कबड्कीका खेल बिहीबार पनि जारी रहनेछन्।
सुटिङमा पनि बिहीबार नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
पौडीमा ८ स्वर्णको टुंगो लाग्नेछ। तेक्वान्दोको अन्तिम दिन बिहीबार ६ स्वर्णका लागि भीडन्त हुनेछ।
टेनिसमा बिहीबारबाट एकल प्रतिस्पर्धाका खेल सुरू हुनेछ।
उसुमा बिहीबार पनि स्वर्णको प्रतिस्पर्धा हुनेछ।
टेबलटेनिसको पनि एकल प्रतिस्पर्धाका खेल आजै हुनेछ।
बुधबारसम्मको नतिजाअनुसार भारतले ३२ स्वर्ण जितेको छ भने नेपालले २९ स्वर्णसहित दोस्रो स्थानमा छ। पहिलो र दोश्रो दिन नेपाल अंकतालिकाको शीर्ष स्थानमा रहेको थियो।
तेश्रो दिनको खेल सकिदाँ भारतले ३२ स्वर्ण २३ राजत र १३ कास्य सहित ६८ पदक सहित अंकतालिकाको शीर्ष स्थान हासिल गरेको छ।
भारतलाई पछ्याउँदै गरेको नेपालले २९ स्वर्ण जितेको छ। नेपालको १५ रजत र २५ कास्य सहित ६९ पदक छ।
तेश्रो स्थानमा रहेको पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ कास्य सहित ४५ पदक हात पारेको छ। श्रीलंकाले ८ स्वर्ण २३ रजत र ३८ कास्य सहित ६९ पदक हात पारेको छ। बंगलादेशले ४ स्वर्ण ७ रजत र २६ कास्य जितेको छ। उसको पदक संख्या ३७ छ।
माल्दिभ्सले १ स्वर्ण र २ कास्य जितेको छ भने भुटानले अहिलेसम्म कुनैपनि स्वर्ण जित्न सकेको छैन। भुटानले ४ कास्य पदक हात पारेको छ।