१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बिहीबार भएको भुटानविरूद्धको खेलमा नेपालले १४१ रनको विशाल अन्तरको जित निकालेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई २३७ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ९५ रनमात्र जोड्न सक्यो।
भुटानलाई सस्तैमा समेट्न पारस खडकाले दुई विकेट लिए भने पवन सराफ, करण केसी र ललित राजवंशीले समान एक/एक विकेट लिए।
भुटानका लागि रन्जुङ मिक्यो दोर्जीले सबैभन्दा धेरै २७ रन हाने।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टी-ट्वान्टीमा सतक प्रहार गरेका छन्।
यसअघि नेपाली कप्तान ज्ञानेन्द्र मल्लले ५२ बलमा सतक हानेका थिए। ज्ञानेन्द्रले ५ चौका र ९ छक्का प्रहार गरे। उनी १०७ रन हानेर आउट भए।
यसअघि पूर्वकप्तान पारस खड्काले टी-ट्वान्टीमा सतक प्रहार गरेका थिए।
ज्ञानेन्द्रको सतकसँगै नेपालले टी-ट्वान्टीमा अहिलेसम्मकै बढी रन बनाएको छ। यसअघि नेपालले मलेसियाविरूद्ध १७३ रन बनाएको थियो।
निर्धारित २० ओभरको नेपालले ३ विकेट गुमाएर २३६ रन बनाएको छ। नेपालका लागि पारस खड्काले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए। रोहितकुमार पौडेल ६ बलमा छ रन हानेर आउट भए। अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन हाने। उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
कप्तान ज्ञानेन्द्र आउट भएपछि ब्याटिङ गर्न आएका आरिफ शेखले ४ बलमा ४ रन जोडे।
भुटानको तोब्देन सिंगेले १ र कर्मा दोर्जीले २ विकेट लिए।