१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रस-कन्ट्री साइक्लिङमा नेपालका लागि लक्ष्मी मगरले स्वर्ण पदक दिलाएकी छिन्। नेपालकै उषा खनालले सो विधामा रजत जितेकी छिन्।
लक्ष्मी मगरले १ घण्टा २० मिनेेट २० सेकेन्डमा लक्ष्य पूरा गरिन्। दोस्रो भएकी उषाले १ घण्टा ३५ मिनेट ५२ सेकेण्डमा लक्ष्य पूरा गरिन्।
कास्य पदक भारतकी खेलाडीले जितिन्।
योसँगै नेपालले साइक्लिङमा ३ स्वर्ण बटुलेकको छ। यसअघि साइक्लिङको डाउनहिल तर्फ पुरुषमा राजेश मगर र महिलामा निस्मा श्रेष्ठले स्वर्ण दिलाएका थिए।
जारी सागमा भने नेपालले स्वर्ण संख्या ३१ पुर्याएको छ।
बिहीबार नेपालका लागि उसुकी निमा घर्ती मगरले स्वर्ण जितिन्। भारतमा भएको अघिल्लो साग संस्करणमा पनि निमाले स्वर्ण जितेकी थिइन्। उनले उसुतर्फ लगातार स्वर्ण जित्दै कीर्तिमान कायम गरेकी छिन्।