१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बिहीबार भएको माल्दिभ्सविरूद्धको खेलमा नेपाली टिमले ३ गाेलले खेल जितेकाे छ।
पोखरा रंगशालामा १६ औं मिनेटमा सावित्राले पहिलाे गाेल गरेकी थिइन्।
उनले अर्काे गाेल २० औं मिनेटमा गरिन्। इन्जुरी समयमा पाएकाे पेनाल्टीकाे सदुपयाेग गर्दै सावित्राले हृयाट्रिक पूरा गरिन्।
अबकाे खेल नेपालले स्वर्णकाे लागि भारतसँग खेल्नेछ।