१३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत नेपाल महिला ह्याण्डबलको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह बी मा रहेको नेपालले लगातार २ खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
समूह ए मा भारत, पाकिस्तान र माल्दिभ्स रहेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कबर्ड हलमा भएको दोस्रो खेलमा नेपालले बंगलादेशलाई २६–२४ ले गोल गर्दै जित हात पार्यो। नेपालको लागि उमा राईले सर्वाधिक ८ गोलको योगदान दिइन्। जसमध्ये उमाले ७ गोल पेनाल्टीबाट गोल गरेकी हुन्।
नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई २९–१९ ले जित हात पारेको थियो।