१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा १२ वर्षिया डुवाना लामा स्वर्ण पदकबाट चुकिन्। उनले पौडीको २ सय मिटर ब्रेस्टस्ट्रोकमा भारतीय खेलाडी अपेक्षा डेलिलासँग ६ सेकेण्डले पछि पर्दै रजतमा चित्त बुझाइन्।
बिहीबार सातदोबाटोस्थित स्वीमिङ कम्पेल्कसमा भएको प्रतिस्पर्धामा भारतका १३ वर्षिया डेलिलाले स्वर्ण जितिन्। उनले २ मिनेट २८.०५ सेकेण्डमा लक्ष्य पूरा गरिन्। सोही लक्ष्य नेपालकी डुवानाले २ मिनेट ४४.६८ सेकेण्डमा पूरा गरिन्।
श्रीलंकाकी रामुदीले कास्य जितिन्।
आजै भएको २ सय मिटर फ्रिस्टाइलमा नेपालकी गौरिका सिंहले ऐतिहासिक स्वर्ण चुमिन्। अघिल्लो सागमा रजतमा सिमित भएकी गौरिककाले स्वर्णको तिर्खा यसपालि घरेलु भूमिमा मेटाइन्।
उनले २ मिनेट ५.०६ सेकेण्डमा लक्ष्य पूरा गरिन्। यो नेपालले पौडीको व्यक्तिगत विधामा भित्र्याएको पहिलो स्वर्ण हो।