१३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयोजक नेपालले ३७ स्वर्ण जितिसकेको छ। नेपालले सागको एकै संस्करणमा नेपालले बढी स्वर्ण जितेको यो पहिलो पटक हो।
यसअघि २० वर्षअघि नेपालमै आयोजना भएको १९९९ को आठौं सागमा नेपालले सर्वाधिक ३१ स्वर्ण जितेको थियो।
जारी सागमा नेपालका महिला खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
नेपालले जितेका ३७ स्वर्ण मध्ये महिला खेलाडीले २१ स्वर्ण जितिसकेका छन्। एक स्वर्ण भने संयुक्त नाममा छ।
करातेबाट जितेका १० स्वर्ण मध्ये महिला खेलाडीले ५ स्वर्ण हात पारेका छन्।
यस्तै तेक्वान्दोको १२ स्वर्ण मध्ये ७ स्वर्ण महिला खेलाडीले जितेका छन्।
उसुमा पनि नेपाललाई महिला खेलाडीले बढी स्वर्ण दिलाए। ५ मध्ये ३ स्वर्ण महिला खेलाडीको नाममा छ।
यस्तै साइक्लिङबाट पनि नेपालले जितेको ४ मध्ये २ स्वर्ण महिला खेलाडीको नाममा छ।
यस्तै महिला खेलाडीले ट्रायथलन, एथ्लेटिक्स, पौडी र भारोत्तोलनबाट १–१ स्वर्ण जितेका छन्। पौडी र भारोत्तोलनमा महिला खेलाडीले मात्र स्वर्ण जितेका छन्।
कराते
मण्डेकाजी श्रेष्ठले - व्यक्तिगत काता पुरुष
निर्मला तामाङ, संगिता मगर र सरु कार्की – महिला टिम काता
मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण कार्की – पुरुष टिम काता
लक्ष्मण तामाङ – ५५ केजी समूह फाइट
विप्लवलाल श्रेष्ठ – ८४ केजी माथि फाइट
कुसुम श्रेष्ठ – ४५ केजी फाइट
अनु अधिकारी – ५५ केजी फाइट
नविन रसाइली – ६७ केजी फाइट
सुनिता महर्जन – ६८ केजी फाइट
अनुपमा मगर– ६८ केजी फाइट
तेक्वान्दो
सिना मादेन लिम्बू - पुम्से महिला १७-२३ वर्ष
कमल श्रेष्ठ – पुम्से पुरुष २४-२९ वर्ष
पार्वती गुरुङ – पुम्से महिला २४-२९ वर्ष
आयशा शाक्य– पुम्से महिला २९ वर्ष माथि
आयशा शाक्य र सञ्जिवकुमार ओझा – पुम्से जोडी २९ वर्षमाथि
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना – पुम्से महिला टिम १७-२३ वर्ष
निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई – पुम्से महिला टिम २३ वर्षमाथि
काजल श्रेष्ठ– ४६ केजी फाइट
वीरबहादुर महरा – ६८ केजी फाइट
संगिता बस्याल – ६२ केजी फाइट
सक्षम कार्की – ८७ केजीमाथि फाइट
भूपेन श्रेष्ठ– ८७ केजी मुनि फाइट
ट्रायथलन
सोनी गुरुङ
हिमाल टमाटा
उसु
विजय सिञ्जाली – थाउलो छानछ्वान
सुस्मिता तामाङ– थाउलो छानछ्वान
दीपक हमाल– थाउलो नानछ्वान अलराउन्ड
निमा घर्तिमगर – थाउलो नानछ्वान अलराउन्ड
जुनी राई – सान्सौ ५६ केजी फाइट
एथ्लेटिक्स
सन्तोषी श्रेष्ठ – १० हजार मिटर दौड
गोपीचन्द्र पार्की – ५ हजार मिटर दौड
साइक्लिङ
राजेश मगर – डाउनहिल
निस्मा श्रेष्ठ – डाउनहिल
लक्ष्मी मगर– क्रस-कन्ट्री
बुद्धिबहादुर तामाङ – क्रस-कन्ट्री
पौडी
गौरिका सिंह – २ सय मिटर फ्रीस्टायल
भारोत्तोलन
सञ्जु चौधरीले – ५९ केजी