१३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत टीट्वान्टी क्रिकेटमा नेपालले माल्दिभ्सलाई १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको हो। नेपालले ७ विकेट गुमाएर १६३ रन बनाउन सक्यो।
नेपालका अलराउण्डर करण केसीले अविजित रही १६ बलमा ४० रन बनए। केसीले १६ बलमा चार छक्का र दुई चौका हानेका हुन्। त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३९ रनको योगदान दिएका छन्।
पूर्व कप्तान पारस खड्काले ११ रन मात्रै बनाउन सफल भएका छन् भने कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमै आउट भएका थिए। अहिले माल्दिभ्सले ब्याटिङ गरिरहेको छ।