नेपाली पौडी खेलाडी गौरिका सिंहले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी छिन्। यो गौरिकाको दोश्रो स्वर्ण हो। उनले २ मिनेट १७.७३ सेकेण्डमा निर्धारित दुरी पार गरेकी हुन्। भारतीय खेलाडी दोश्रो भइन्। उनले २ मिनेट २०.७१ सेकेण्डमा दुरी पार गरिन् भने तेश्रो भएकी श्रीलङ्काकी खेलाडीले २ मिनेट २७.२५ सेकेण्डमा दुरी पार गरिन्।
यसअघि गौरिकाले बिहिबार २ सय मिटर फ्रिस्यायलमा पनि स्वर्ण जितेकी थिइन्। गौरिकाले फ्रिस्टायलमा नयाँ राष्ट्रिय किर्तिमान समेत कायम गरेकी थिइन्। सन् २०१८ को राष्ट्रिय खेलकुदमा आफैँले बनाएको रेकर्ड सुधार गरेकी थिइन्। उनले फ्रस्टायल तर्फ २ मिनेट ०५.०६ मिनेटमा दुरी पार गरेकी थिइन्। यसअघि उनले उक्त रेकर्ड २ मिनेट ०९.१९ को कायम गरेकी थिइन्।