दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालकी पुष्पा भण्डारीले रजत जितेकी छिन्। शनिबार दशरथ रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित दूरी २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पूरा गर्दै रजतमा चित्त बुझाइन्।
श्रीलंकाकी हिरुणी विजेरत्नले स्वर्ण जितिन्। उनले निर्धारित दूरी २ घण्टा ४१ मिनेट २४ सकेन्डमा पूरा गरिन्। भारतकी ज्वति ज्ञावतले कास्य जितिन्। उनले निर्धारित दूरी २ घण्टा ५२ मिनेट ४४ सेकेन्डमा पूरा गरिन्।
सागमा इतिहासमा महिला म्याराथनको रेकर्ड भने तोडिएको छैन।
सो रेकर्ड भारतकी सत्यभमाको नाममा छ। उनले निर्धारित दूरी २ घण्टा ३८ मिनेट १० सेकेन्डमा पूरा गर्दै रेकर्ड कायम गरेकी थिइन्।
दौडमा नेपालका दुई, भारतका दुई गरी आठ प्रतिस्पर्धी थिए।
यसअघि भएको पुरुष म्याराथन दौडमा नेपालका किरणसिंह बोगटीले स्वर्ण दिलाए। उनले भारतका रस्पाल सिंहलाई पछि पार्दै स्वर्ण सुनिश्चित गरेका हुन्। बोगटीले निर्धारित दूरी २ घण्टा २१ मिनेट १६ सेकेन्डमा पूरा गरे।