१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अहिले बंगलादेशको यु–२३ टिमसँग खेलिरहेको छ।
टियु मैदान कीर्तिपुरमा जारीमा खेलमा बंगलादेशले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।
बंगलादेशले १० ओभरमा ४ विकेट गुमाउँदा ५८ रन जोडेको छ।
उसका लागि नजबुल हुसेनले ३२ रन बनाएर खेलिरहेका छन्।
बंगलादेशका ३ विकेट नेपालका पूर्व कप्तान पारस खड्काले लिएका छन्। पारसले मोहमद नइम र सौम्य सरकारलाई ६–६ रनमा आउट गरेका छन्। यसैगरी सइम हसनलाई शून्यमा बोल्ड गरेका छन्।
अर्को विकेट अभिनास बोहराले लिएका छन्।
फाइनलमा पुग्न नेपाललाई खेल जित्नै पर्ने दबाब छ।