१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले १५६ रनको लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशको यु–२३ टिमले ६ विकेटको क्षतिमा १५५ रन बनायो।
उसका लागि नजबुल हुसेनले नटआउट ७५ रन जोडे भने अफिफ हुसेनले ५२ रनको योगदान दिए।
बंगलादेशका ३ विकेट नेपालका पूर्व कप्तान पारस खड्काले लिए। पारसले मोहमद नइम र सौम्य सरकारलाई ६–६ रनमा आउट गरेका छन्। यसैगरी सइम हसनलाई शून्यमा बोल्ड गरेका छन्।
अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा अर्को विकेट अभिनास बोहराले लिएका छन्।
फाइनलमा पुग्न नेपाललाई खेल जित्नै पर्ने दबाब छ।