१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले माल्दिभ्समाथि २–१ को जित निकालेको छ।
जितसँगै नेपाल ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने फाइनल नजिक पुगेको छ।
खेलको १९ मिनेटमा इब्राहम हुसेनले गोल गरेर माल्दिभ्सलाई अग्रता दिलाएका थिए।
तर पहिलो हाफ सकिन २ मिनेट बाँकी छँदा अभिषेक रिजालले बराबरी गोल फर्काए।
अनन्त तामाङले ५२ औं मिनेट नेपाललाई अग्रता दिलाए।
हेर्नुहोस् तस्बिरहरू :-