१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंह स्वर्ण जित्नबाट चुकेकी छिन्।
पौडीबाज गौरिका सय मिटर ब्याकस्टोकमा रजतमा चित्त बुझाउन बाध्य भएकी हुन्।
गौरिकाले निर्धारित दूरी १ मिनेट ०३.१५ सेकेण्डमा निर्धारित दूरी पौडिइन्।
स्वर्ण जितेकी भारतकी मन्ना राजिव पटेलले १ मिनेट ०२.३६ सेकेण्ड पौडिएकी थिइन्।
गौरिकाले शुक्रबार पटेललाई नै पछि पारेर ब्याकस्टोक स्वर्ण जितेकी थिइन्।
योसँगै गौरिकाले जारी सागमा चौथो पदक जितेकी छिन्। गौरिकाले यसअघि २ सय मिटर फ्रीस्टायल र २ सय मिटर ब्याटस्टोक स्वर्ण जितेकी थिइन् भने ४०० मिटर फ्रीस्टाइल रिलेमा कास्य हात पारेकी थिइन्।
तस्बिरहरू: नारायण महर्जन