१३औं दक्षिण एसियाली खेलकुद (साग) मा आइतबार पोखरामा आर्चरीका प्रतिस्पर्धा जारी रहनेछन्। खेल तालिकाअनुसार आर्चरीमा २ स्वर्णको टुंगो लाग्नेछ।
ललितपुरस्थित सातदोबाटोको कराते कबर्डहलमा बक्सिङको सेमिफाइनलका खेल हुनेछन्।
कीर्तिपुरको नयाँ बजर कबर्डहलमा फेन्सिङको ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
पुरुष फुटबलमा नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल हुनेछ।
फाइनलमा पुग्न नेपालका लागि खेल महत्वपूर्ण छ। पराजित भएको अवस्थामा नेपाल तेस्रो स्थानमै खुम्चन बाध्य हुनेछ। त्यसैले नेपालले कम्तिमा बराबरी खेल्नु पर्नेछ।
लगनेखलस्थित आर्मी कबर्डहलमा जुडोका ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
साँझ ४ बजे सातदोबाटो पौडी कम्प्लेक्समा ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
पोखरामा बीच भलिबल र भारोत्तोलनका प्रतिस्पर्धा जारी रहनेछ।
जनकपुरमा हुने कुस्तीको ४ स्वर्णका लागि भिडन्त हुनेछ।