जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पौडी खेलाडी गौरिका सिंहले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी छिन्। यो गौरिकाको तेस्रो स्वर्ण हो।
उनले ४ मिनेट २५.२८ सेकेण्डमा निर्धारित दूरी पार गरेकी हुन्। भारतीय खेलाडी सिभांगी शर्मा दोश्रो भइन्। उनले निर्धरित दूरी ४ मिनेट २६.२२ सेकेण्डमा पूरा गरिन्।
तेश्रो भएकी श्रीलङ्काकी नुलरा रामुडीले ४ मिनेट ४१.९१ सेकेण्डमा दुरी पार गरिन्।
यसअघि गौरिकाले २ सय मिटर फ्रिस्यायल र ब्याकस्टोकमा स्वर्ण जितेकी थिइन्। गौरिकाले फ्रिस्टायलमा नयाँ राष्ट्रिय किर्तिमान समेत कायम गरेकी थिइन्। सन् २०१८ को राष्ट्रिय खेलकुदमा आफैंले बनाएको रेकर्ड सुधार गरेकी थिइन्। उनले फ्रिस्टायलतर्फ २ मिनेट ०५.०६ मिनेटमा दूरी पार गरेकी थिइन्।
यसअघि उनले उक्त रेकर्ड २ मिनेट ०९.१९ को कायम गरेकी थिइन्। जारी सागमा गौरिकाको यो तेस्रो स्वर्ण हो। एउटै सागमा तीन स्वर्ण जित्ने गौरिका पहिलो नेपाली खेलाडी हुन्।