१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पौडीको ५९ सय मिटर ब्याकस्ट्रोकमा गौरिका सिंह स्वर्ण चुम्नबाट चुकेकी छिन्। उनले निर्धारित दूरी २९.७१ मा पूरा गर्दै रजतमा चित्त बुझाइन्।
भारतकी मन्ना पटेलले गौरिकालाई पछि पारिन्। उनले निर्धारित दूरी २८.९४ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितिन्।
आजै भएको ४ सय मिटर फ्रिस्टाइलमा गौरिकाले नेपाललाई स्वर्ण दिलाएकी थिइन्। योसँग गौरिकाले एउटै सागमा तीन स्वर्ण जित्ने खेलाडीको कीर्तिमान रचेकी छिन्।
उनले २ सय मिटर फ्रिस्टाइल र ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन्।