१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पौडीकी डुआना लामाले नेपाललाई रजत दिलाएकी छिन्। उनले पौडीको २ सय मिटर बटरफ्लाईमा निर्धारित दूरी २ मिनेट ३३.१६ सेकण्डमा पूरा गर्दै रजतमा चित्त बुझाइन्।
भारतकी अपेक्षाले डेलिलाले स्वर्ण जितिन्। उनले निर्धारित दूरी २ मिनेट २१.८३ सेकेण्डमा पूरा गरिन्। यसअघि पनि डुआना उनै अपेक्षासँग २ सय मिटर ब्रेसस्ट्रोकमा पराजित हुँदा स्वर्ण चुम्नबाट चुकेकी थिइन्। त्यो बेला पनि उनले रजमा चित्त बुझाउन बाध्य भइन्।
आजै भएको प्रतिस्पर्धामा गौरिका सिंहले नेपाललाई १ स्वर्ण र १ रजत दिलाएकी छिन्। उनले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण र ५० मिटर ब्याकस्ट्रोकमा रजत जितिन्।
गौरिकाले एकै सागमा तीन स्वर्ण जित्ने पहिलो खेलाडीको कीर्तिमान कायम गरिन्