१३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत सोमबार पोखरामा आर्चरीको चार स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वरस्थित कबर्डहलमा बास्केटबलको सेमिफाइनलमा नेपाल र भारतबीच खेल हुनेछ।
यस्तै सातदोबाटोस्थित कराते हलमा बक्सिङका फाइनलका प्रतिस्पर्धा सुरु हुनेछन्। फेन्सिङको अन्तिम दिन सोमबार ३ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
पोखरा रंगशालामा महिला फुटबलको स्वर्णका लागि नेपाल र भारतबीच खेल हुनेछ।
त्यस्तै जुडोको ७ वटा स्वर्णका लागि भिडन्त हुनेछ। सुटिङ र स्क्वासको अन्तिम दिनको खेल सोमबार नै हुनेछ। पौडीमा पनि अन्तिम दिन सोमबार ८ स्वर्णका लागि भिडन्त हुनेछ।
जनकपुरमा पनि कुस्तीको अन्तिम दिनको प्रतिस्पर्धामा २ स्वर्णका लागि खेल हुनेछ।