१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।
सोमबार भएको कास्य पदका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गरेको हो।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सलाई ९ विकेटको क्षतिमा ९४ रन जोड्यो।
माल्दिभ्सका लागि मोहमद रिजवान साफिनले नटआउट १९ रन र मोहमद रिजावानले १७ रन जोडे।
बलिङमा नेपालका ललितनारायण राजवंशीले ३ विकेट र सुसन भारीले २ विकेट लिए।
९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोडे।