दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ।
सोमबार दिउँसो पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई दुई गोलले पराजित गरेको हो। हारसँगै नेपाल रजतमै सीमित भएको छ।
भारतका लागि एमजी बालादेवीले दुई गोल गरेकी हुन्।
बालादेवीले पहिलोमा एक र दोस्रो हाफमा अर्को गोल गरेकी थिइन्। नेपालले भने गोल फर्काउन सकेन।
११ औं सागबाट समावेश भएको महिला फुटबलमा नेपालले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन।
अघिल्लो संस्करणमा पनि नेपाल आयोजक टिम भारतसँग २-१ गोलले पराजित हुँदा रजतमै चित्त बुझाउन बाध्य भएको थियो।