१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजतमा सीमित बनेपछि नेपालका दुई महिला फुटबलरले संन्यासको घोषणा गरेका छन्।
सन् २०१० देखि राष्ट्रिय टिममा रहेकी फरवार्ड निरु थापा र सन् २०१४ मा राष्ट्रिय टिममा डेब्यू गरेकी मनमाया लिम्बूले संन्यास लिएका हुन्।
निरु पछिल्लो समय नेपालको कप्तान थिइन्। पोखरामा सोमबार भएको फाइनलमा भारतसँग २-० गोलले पराजित भएपछि प्रशिक्षक हरि खड्काले पनि राजीनामा दिएका थिए।
नेपाली महिला फुटबल टिम सागको स्वर्णका लागि भिडन्तमा लगातार तेस्रो पटक पराजित भएका हुन्।