१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बक्सिङबाट दोस्रो स्वर्ण जितेको छ।
नेपालका लागि ६४ केजी तौल समूहमा भूपेन्द्र थापाले स्वर्ण जितेका हुन्।
उनले फाइनलमा भारतीय खेलाडी मनिष कौशिकलाई अंकको आधारमा पराजित गरे।
यसअघि नेपालकी मिनु गुरुङले पनि भारतीय खेलाडीलाई हराएर स्वर्ण जितेकी थिइन्।
योसँगै नेपालले स्वर्ण संख्या ४७ पुर्याएको छ।