१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले जुडोबाट दोस्रो स्वर्ण जितेको छ।
जुडोकी पुनम श्रेष्ठले महिला ७८ केजीमा स्वर्ण जितेकी हुन्।
उनले फाइनल भिडन्तमा बंगलादेशकी फरिना खानोमलाई पराजित गरेकी हुन्।
यसअघि आइताबर भएको खेलमा जुडोकी देविका खड्काले महिला ७८ केजीमा स्वर्ण जितेकी थिइन्। उनले फाइनल भिडन्तमा बंगलादेशकी जेरिन ताहामिदालाई पराजित गरेकी हुन्।
नेपालले योसहित ४८ स्वर्ण जितेको छ।