दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबल फाइनलको सम्पूर्ण टिकट अघिल्लो दिननै बिक्री भएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले बिक्रीका लागि खुल्ला गरिएको ८ हजार टिकट बिक्री भएको जनाएको हो।
फुटबल फाइनलसँगै समापन समारोह पनि हुने भएकाले यसअघिका खेलहरुमा भन्दा राखेपले कम टिकट ब्रिक्रीमा राखेको थियो।
त्यस्तै राखेपले टिकटदर दोब्बर पार्दै भिआइपी प्याराफीटका लागि २ हजार र सर्वसाधारण बस्ने प्याराफिट तर्फ १ हजार कायम गरेको थियो ।
राखेका अनुसार फुटबल फाइनलसँगै समापन समारोह हुने भएका कारण टिकटदर वृद्धि गरिएको हो। राखेरपले ४ हजार सिट भने खेलाडी र भिआइपीका लागि राखेको छ। समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओ मार्फत् सम्बोधन गर्ने भएका छन्।