१३औं दक्षिण एसियाली खेलकुद (साग) नेपालले समापनको दिनअघि ४९ स्वर्ण पुर्याएको छ। सोमबार नेपालले थप चार स्वर्ण जित्यो।
नेपालका लागि पौडीबाट गौरिका सिंह, जुडोबाट पुनम श्रेष्ठ तथा बक्सरद्वय भूपेन्द्र थापामगर र मिनु गुरुङले स्वर्ण जिते।
अंक तालिकामा दोस्रो स्थानमा रहेको नेपालले ४९ स्वर्ण, ५४ रजत र ९२ कास्यसहित कुल १९५ पदक जितेको छ।
नेपालले तेस्रो स्थानको श्रीलंकासँग १० स्वर्णले अग्रता लिएको छ। अन्तिम दिन बक्सिङको ८ स्वर्ण र जुडोको ६ स्वर्ण, फुटबल १ स्वर्ण र बास्केटबलको २ स्वर्णका लागि भिडन्त हुनेछ।
बक्सिङमा ८ मध्ये श्रीलंका २ वटामा मात्र फाइनलमा पुगेको छ। जुडोमा मंगलबार नै फाइनलको टुंगो लाग्नेछ। श्रीलंका पुरुष बास्केटबलको पनि फाइनलमा पुगेको छ।
त्यसैले श्रीलंकाले फाइनलमा पुगेका सबै स्वर्ण जिते पनि नेपाललाई भेट्टाउने छैन।
त्यसैले नेपाल १३औं सागमा दोस्रो हुने निश्चित छ।
शीर्ष स्थानको भारतले १५९ स्वर्ण, ९१ रजत र ४४ कास्य गरी कुल २९४ पदक हात पारेको छ।
श्रीलंका तेस्रो स्थानमा छ। श्रीलंकाले ३९ स्वर्ण, ७९ रजत, ११८ कास्य गरी २३६ पदक जितेको छ।
चौथो स्थानको पाकिस्तानको ३२ स्वर्ण, ३७ रजत, ५५ कास्य गरी १२४ पदक छ।
बंगलादेश १९ स्वर्ण, ३२ रजत, ८१ कास्य गरी १३२ पदकका साथ पाँचौ स्थानमा छ।
छैटौ स्थानमा रहेको माल्दिभ्सले १ स्वर्ण र ३ कास्य गरी कुल ४ पदक हात पारेको छ।
अंक तालिकाको पुछारमा रहेको भुटानले स्वर्ण जित्न सकेको छैन। भुटानले ६ रजत र १३ कास्य गरी १९ पदक जितेको छ।
|
Participating Country | | Gold | Silver | Bronze | Total |
---|
India | | 159 | 91 | 44 | 294 |
Nepal | | 49 | 54 | 92 | 195 |
Sri Lanka | | 39 | 79 | 118 | 236 |
Pakistan | | 32 | 37 | 55 | 124 |
Bangladesh | | 19 | 32 | 81 | 132 |
Maldives | | 1 | 0 | 3 | 4 |
Bhutan | | 0 | 6 | 13 | 19 |
| | | | | |