१३औं दक्षिण एसियाली खेलकुद (साग) को मंगलबार समापन हुँदैछ। दशरथ रंगशालामा हुने समापनअघि चार ४ खेलमा १७ स्वर्णको टुंगो लाग्दैछ।
अन्तिम दिनका प्रतिस्पर्धा अघि नेपालले ४९ स्वर्ण जितिसकेको छ। मंगलबार नेपालले पुरुष फुटबलको स्वर्णका लागि भुटानससँग खेल्दैछ। यस्तै ५ बक्सरले पनि स्वर्णका लागि भिडन्त गर्दैछ।
महिला बास्केटबलको स्वर्णका लागि नेपालले भारतसँग खेल्दैछ। यस्तै नेपालले जुडोको ६ स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछ।
अन्तिम दिनको खेलअघि नेपाललाई स्वर्ण दिलाउने खेलाडीहरू :
कराते
मण्डेकाजी श्रेष्ठले - व्यक्तिगत काता पुरुष
निर्मला तामाङ, संगिता मगर र सरु कार्की – महिला टिम काता
मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण कार्की – पुरुष टिम काता
लक्ष्मण तामाङ – ५५ केजी समूह फाइट
विप्लवलाल श्रेष्ठ – ८४ केजी माथि फाइट
कुसुम श्रेष्ठ – ४५ केजी फाइट
अनु अधिकारी – ५५ केजी फाइट
नविन रसाइली – ६७ केजी फाइट
सुनिता महर्जन – ६८ केजी फाइट
अनुपमा मगर– ६८ केजी फाइट
तेक्वान्दो
सिना मादेन लिम्बू - पुम्से महिला १७-२३ वर्ष
कमल श्रेष्ठ – पुम्से पुरुष २४-२९ वर्ष
पार्वती गुरुङ – पुम्से महिला २४-२९ वर्ष
आयशा शाक्य– पुम्से महिला २९ वर्ष माथि
आयशा शाक्य र सञ्जिवकुमार ओझा – पुम्से जोडी २९ वर्षमाथि
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना – पुम्से महिला टिम १७-२३ वर्ष
निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई – पुम्से महिला टिम २३ वर्षमाथि
काजल श्रेष्ठ– ४६ केजी फाइट
वीरबहादुर महरा – ६८ केजी फाइट
संगिता बस्याल – ६२ केजी फाइट
सक्षम कार्की – ८७ केजीमाथि फाइट
भूपेन श्रेष्ठ– ८७ केजी मुनि फाइट
ट्रायथलन
सोनी गुरुङ
हिमाल टमाटा
उसु
विजय सिञ्जाली – थाउलो छानछ्वान
सुस्मिता तामाङ– थाउलो छानछ्वान
दीपक हमाल– थाउलो नानछ्वान अलराउन्ड
निमा घर्तिमगर – थाउलो नानछ्वान अलराउन्ड
जुनी राई – सान्सौ ५६ केजी फाइट
एथ्लेटिक्स
सन्तोषी श्रेष्ठ – १० हजार मिटर दौड
गोपीचन्द्र पार्की – ५ हजार मिटर दौड
किरणसिंह बोगटी – म्याराथन
साइक्लिङ
राजेश मगर – डाउनहिल
निस्मा श्रेष्ठ – डाउनहिल
लक्ष्मी मगर– क्रस-कन्ट्री
बुद्धिबहादुर तामाङ – क्रस-कन्ट्री
पौडी
गौरिका सिंह – २ सय मिटर फ्रीस्टायल
गौरिका सिंह – २ सय मिटर ब्याकस्ट्रोक
गौरिका सिंह – ४ सय मिटर फ्रीस्टायल
गौरिका सिंह – सय मिटर फ्रीस्टायल
भारोत्तोलन
सञ्जु चौधरीले – ५९ केजी
विकास थापा – ८९ केजी
गल्फ
सुवास तामाङ– व्यक्तिगत
शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निरज तामाङ – टिम स्पर्धा
कुस्ती
गीता धामी – ५५ केजी
जुडो
देविका खड्का– ५२ केजी
पुनम श्रेष्ठ – ७८ केजी
बक्सिङ
मिनु गुरुङ – ५४ केजी
भूपेन्द्र थापामगर – ६४ केजी