आगामी साता रिलिज हुने बलिउड अभिनेता सलमान खानको 'टाइगर जीन्दा है'लाई ठूलो रकम बुझाइएको छ। नेपाल वितरण अधिकार खरिद गरेको गोपीकृष्ण इन्टरटेन्मेन्टले एड्भान्स स्वरूप यसराज फिल्मसलाई साढे तीन करोड नेपाली रूपयाँ बुझाएको छ।नेपाल वितरकले हालसम्म कुनै पनि बलिउड फिल्मका तिरेको यो सर्वाधिक महँगो रकम हो।
गोपीकृष्णका प्रोपाइटर निरज पौडेलले सेतोपाटीसँग कुरा गर्दै सो जानकारी दिएका हुन्। उनले फिल्मको पूरै नेपाल अधिकार सो रकममा किनेको नभई कमिशनबापत सम्भावित व्यापरलाई हेर्दै अग्रिम बुझाएको बताए।
'हामीले फिल्मको कुल कमाइको २० प्रतिशत पाउनेछौ। हामीले बुझाएको रकम एड्भान्स हो', पौडेलले भने, 'लामो समयदेखि कुनै पनि ठूलो हिन्दी फिल्म रिलिज भएको छैन्। यस्तोमा सलमानको यस फिल्मले राम्रो व्यापार गर्ने आशा गरेका छौं।'
चुनावका कारण पछिल्लो एक महिनादेखि नेपाली सिनेमा हलहरूमा कुनै ठूला सिनेमा रिलिज भएका छैनन्। चिनावले गर्दा ठूला नेपाली सिनेमाले रिलिज हुने हिम्मत गरेनन।
यस दौरान नेपालीकासाथ गतिलो कमाइ गर्ने बलिउड फिल्म पनि रिलिज भएनन्। हलमा नयाँ फिल्म नभएका कारण नेपाली हलहरू, त्यसमा पनि विशेषगरी मल्टीप्लेक्सहरूले रिलिज भइसकेका हिट नेपाली फिल्म पुन: प्रदर्शनमा आए।
सलमान खानको 'टाइगर जिन्दा है' रिलिज हुने भएपछि हलवालाहरूले आफ्नो व्यापार चम्किने आशा गरेका छन्।
https://www.youtube.com/watch?v=ePO5M5DE01I