'गरुड पुराण’ घोषणा गरिएको छ । ’अपवाद’ फिल्म मार्फत आएका सुशन प्रजापति र सुवास कोइरालाले फिल्मलाई संयुक्त रुपमा निर्देशन गर्दैछन ।बुधबार एक कार्यक्रमकाबिच फिल्मको घोषणा गरियो। कमेडी जनराको 'गरूण पुराण'मा कर्मा , कामेश्वर चौरसिया , प्रविन खतिवडा , नाजिर हुसेन आदि कलाकार मुख्य अभिनय रहनेछन । यस्तै फिल्मबाट नायिकाको रुपमा प्रियंका सिंह ठकुरीले डेब्यु गर्ने भएकी छन् ।
फिल्ममा लुनिभा तुलाधर , प्रकाश घिमिरे , बसन्त भट्ट , नरेश पौडेल लगायतका कलाकारको पनि अभिनय रहनेछ । यसै साताबाट छायाँकनमा जाने फिल्मका प्रस्तुतकर्ता सुशन प्रजापति रहेका छन् । फिल्मको छायाँकन काठमाण्डौ तथा आसपासका क्षेत्रमा हुनेछ।
सुशनले नै खिच्नेछन् फिल्ममा कसम नेपालको कथा तथा आकाश बराल , बिनोद खतिवडा , सुवास कोइरालाको पटकथा र आकाश बरालको संवाद रहेको छ । फिल्ममा विभिन्न पात्रको भोगाईलाई देखाइने निर्माण पक्षले जनाएको छ ।