चलचित्र विकास बोर्डले अस्वस्थ्य रहेका फिल्मकर्मीलाई राहत रकम हस्तानतरण गरेको छ। बोर्डले चलचित्रकर्मी कल्याणकारी कोषबाट उक्त रकम प्रदान गरेको हो। बिगत केही समय देखि स्वस्थ्यमा समस्या देखिए पछि उपचार गराइ रहेका वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार हरि प्रसाद रिमाललाई कोषले चार महिनाको मासिक भत्ता प्रदान गरेको छ ।
बोर्डमा अध्यक्ष रित्त भएपछि विगत चार महिना देखि चलचित्रकमीहरुले बोर्डबाट प्राप्त गर्दै आएको सहयोग रकम रोकिएको थियो । बोर्ड अध्यक्ष पौडेलले कोष संचालक समितिका संयोजक बसुन्धरा भुषाल सहितको टोलीका साथमा रिमालको घर पुगेर मासिक भत्ता हस्तान्तरण गरेकी थिइन। हु
यस्तै वरिष्ठ चलचित्रकर्मी जयनन्द्र चन्द्र ठाकुरको घरमै पुगेर चार महिनाको कल्याणकारी कोषको रकम हस्तान्तरण गरियो ।
कोषले वरिष्ठ मेकअप आष्र्टिष्ट इन्द्र लामालाई नगद १ लाख सहयोग बोर्डले गरेको छ । किड्नीले काम नगर्ने भएपछि हाल मनमोहन अस्पताल स्वयम्भुमा लामाको उपचार भइरहेको छ ।
नेपाल चललचित्र प्राविधिक संघका अध्यक्ष पुष्कार लामाको समन्वयनमा बोर्ड अध्यक्ष निकिता पौडेल सहतिको टिमले लामाको उपचारका लागि १ लाख सहयोग प्रदान गरेको हो । यसैगरी लामो समय देखि विरामी रहेका फिल्म लेखक तथा निर्देशक मौनता श्रेष्ठलाई पनि बोर्डले १ लाख सहयोग गरेको छ ।