मंगलबार राजधानीमा सम्पन्न भएको लक्स कामना फिल्मस अवार्डमा सामाजिक कमेडी ड्रामा 'छक्का पञ्जा'ले सर्वाधिक अवार्ड उचालेको छ। अवार्डमा सर्वोत्कृष्ट फिल्म घोषित भएको 'छक्का पञ्जा'ले आठ विधामा आफूलाई उत्कृष्ट सावित गर्यो। त्यस्तै नरेश कुमार केसी निर्देशित 'डाइङ क्यान्डल' तथा हेमराज बिसी निर्देशित 'गाजलु'ले चार-चार विधामा उत्कृष्ट भए। 'गाजलु'बाट बिसी उत्कृष्ट निर्देशक बने। 'डाइङ क्यान्डल'बाट सिर्जना सुब्बा उत्कृष्ट अभिनेत्री हुँदा अभिनेताको उपाधि 'जात्रा'का लागि विपिन कार्कीले पाए।
अवार्डमा अभिनेत्री केकी अधिकारीलाई 'पपुलर अभिनेत्री'को अवार्ड प्रदान गरियो भने कीर्तिमय दीर्घ योगदान सम्मानबाट कलाकार दम्पति हरिहर शर्मा तथा शकुन्तला शर्मा र बरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठलाई सम्मानित गरियो।
फिल्मः छक्का पञ्जा
निर्देशकः हेमराज बिसी ‘गाजलु’
अभिनेताः विपिन कार्की ‘जात्रा’
अभिनेत्रीः श्रृजना सुब्बा ‘डाइङ क्याण्डल’
सह–अभिनेताः जितु नेपाल, छक्का पञ्जा
सह– अभिनेत्रीः गौरी मल्ल, होमवर्क
खलपात्रः दीपकराज गिरी, छक्का पञ्जा
हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा
नव निर्देशकः दीपाश्री निरौला, छक्का पञ्जा
नव अभिनेताः आर्यन अधिकारी, के म तिम्रो होइन र
नव अभिनेत्रीः श्रृष्टि श्रेष्ठ, गाजलु
बाल कलाकारः लाक्पा सिघे तामाङः डाइङ क्याण्डल
कथाः हेमराज बिसी, गाजलु
पटकथाः प्रदिप भट्टराई, जात्रा
संवादः दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे ‘छक्का पञ्जा’
छायाँकारः रविन आचार्य, डाइङ क्याण्डल
द्वन्द्व निर्देशकः हिमाल केसी, के म तिम्रो होइन र
सम्पादनः सुरेन्द्र पौडेल, गाजलु
शृङ्गारः सरोज बुढाथोकी, डाइङ क्याण्डल
ध्वनी मिश्रणः उत्तम न्यौपाने, गाजलु
पार्श्व संगीतः एलिश कार्की, के म तिम्रो हिइन र
नृत्य निर्देशनः कविराज गहतराज, छक्का पञ्जा
पार्श्व गायकः कृष्ण काफ्ले, छक्का पञ्जा (सुन न चम्पा)
पार्श्व गायिकाः अञ्जु पन्त, किस्मत २ (यी आँखा लैजाउ)
संगीतकारः कालिप्रसाद बाँस्कोटाः लुट २ (ठमेल बजार)
गीतकारः डा. कृष्णहरी बराल, शब्द (हरपल)
लक्स पपुलर च्वाइस अवार्डः केकी अधिकारी