'डिट्ठा साब' बाट चर्चित बनेका किशोर भण्डारीको निर्देशकिय डेब्यू फिल्म 'चङ्गा'ले जेठ २५ मा रिलिज हुने घोषणा गरेको छ। फिल्मको हालै छायाँकन समापन भएको थियो। भण्डारी फिल्मका निर्माता पनि हुन्।
मंगलबार फिल्म निर्माण पक्षले र वितरक एफडी कम्पनिबीच वितरण सम्झौता गरेपछी रिलिज मिति घोषणा गरेको हो। उपत्यकामा रिच इन्टरटेन्मेन्टले फिल्म वितरण गर्नेछन्। हास्य प्रधान स्वादमा फिल्मले पारिवारिक तथा सामाजिक कथा भन्ने बताइएको छ । ‘चङ्गा’लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार चढाव प्रस्तुत गरिएको छ ।
फिल्ममा बुद्धि तमाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना ‘बुनु मैंचा’, अंकित खड्का, लक्ष्मी बर्देवा, प्रेमबर्षा खड्का लगायत अभिनयमा छन् भने बाल कलाकार लकी भण्डारी फिल्ममा मुख्य भुमिकामा प्रस्तुत छन् ।
‘चङ्गा’मा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ ।