'होली'को अवसर पारेर 'भोर' फिल्मको फर्स्टलुक पोस्टर तथा रिलिज मिति सार्वजनिक गरिएको छ। । तराई भेगमा विद्धमान दाइजो प्रथाको यथार्थ कथालाई पर्दामा उतार्न खोजेको निर्माण टिमले फिल्म आगामी बैशाख २१ रिलिज गर्ने घोषणा पनि गरेको छ ।
सति प्रथाको विषयमा फिल्म 'झोला निर्माण गरेर प्रशंसा भेटेको टिमले नै 'भोर'लाई दर्शकमाझ ल्याउन लागेको हो । सार्वजनिक पोस्टरमा लिड अभिनेत्री डली सरकार बेहुलीको भेषमा प्रस्तुत छन् भने व्याकग्राउण्डमा जानकी मन्दिरलाई देखाइएको छ । सँगसँगै एक वृद्धले उनै डलीलाई साईकलमा हिडाउँदै गरेको समेत देखाईएको छ । जनकपुरमा परस्परागत रुपमा फागु पुर्णिमाको छेकोमा हुँदै आएको महामुर्ख सम्मेलनमा निर्देशक यादवकुमार भट्टराईले फिल्मको पोस्टर सार्वजनिक गरे, रिलिज मिति घोषणा गरेका थिए ।
निर्देशक भट्टराईले दाइजोलाई महिला हिंसाको रुपमा नलिएर मानव हिंसाको रुपमा लिनु पर्ने भन्दै यो पटक पनि नेपाली समाजको यथार्थतालाई लिएर दर्शकमाझ आउन लागेको बताए ।
कृष्ण धाराबासीको लेखनमा तयार भएको फिल्ममा रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरुको अभिनय छ। फिल्मका कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुवेदी हुन् । दिपक बज्राचार्यले छायाँकन गरेको फिल्म भोरका निर्माता राज तिमल्सिना र राम गोपाल थापा हुन् ।
निर्माता तिमल्सिनाले एक बर्ष लामो मेहनतका बीच फिल्म तयार भएको भन्दै दर्शकमा परेको ुझोलाु फिल्मको इमोशनलाई नै 'भोर'ले निरन्तरता दिने आशा व्यक्त गरे ।