पुरुष सौन्दर्य प्रतियोगिता 'मिस्टर इन्टरनेसनल'मा पहिलोपटक नेपालले सहभागिता जनाउने भएको छ । प्रतियोगितामा नेपालको प्रतिनिधित्व विराटनगरका साजिद अलामले गर्ने भएका छन् ।
'मिस्टर इन्टरनेसनल २०१८'का शीर्ष विजेता आलम 'म्यान हन्ट नेपाल २०१८'मा सेकेन्ड रनर अप भएका थिए । १२ औं संस्करणसम्म आइपुगेको मिस्टर इन्टरनेसनल २०१८ मा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो।
नेपालका लागि सो प्रतियोगिताको फ्रान्चाइज साजिद स्वयंमले व्यक्तिगत पहलमा नेपाल ल्याएका हुन् । 'यस्ता अन्तराष्ट्रिय प्याजेन्टमा सहभागिता जनाउन पाउनु ठूलो अवसर हो । सँगै आफैले यसको फ्रेन्चाइज नेपालमा ल्याउनु चुनौती र गर्व एकसाथ महसुस हुने रहेछ', साजिदले भने।
प्रतियोगिता म्यानमारको नेसनल थिएटर अफ आयोजना हुँदैछ। अप्रिल ३० को दिन हुने फिनालेमा ३० प्रतिस्पर्धी हुनेछन् ।