नेपालको ठूलो फिल्म पर्दाको चेन फ्रान्चाइज क्यूएफएक्सले थप ३ पर्दा थपेको छ। राजधानीको पर्यटकिय मुटु ठमेलमा क्यूएफएक्सले शुक्रबारबाट नयाँ हल संचालनमा ल्याएको छ। सो मल्टिप्लेक्सको बिहिबार उद्घाटन गरिएको थियो।
छायाँ सेन्टरमा 'क्यूएफएक्सले तीन साना क्षमताको हल थपेको हो। यी हलमा २ के प्रोजेक्सनबाट फिल्महरूको प्रदर्शन हुनेछ। हलमा एटमस साउन्ड प्रविधि जडान गरिएको छ। यी हलमा १ सय ५०, १ सय १२ र १ सय १० सिट क्षमताका तीन वटा थिएटर छन् । हलमा एटमस साउन्ड प्रविधि जडान गरिएको छ। थपिएका पर्दासँगको क्यूएफएक्स फ्रान्चाइजको पर्दा संख्या १८ पुगेको छ।
क्यूएफएक्सका अध्यक्ष नकिम उद्दिनले काठमाडौंमा फिल्म हेर्ने संस्कृति लोकप्रिय हुँदै गएको र सुविधासम्पन्न हलहरूको मागलाई सम्बोधन गर्न थप हल विस्तार गरेको बताए। उनले ठमेलमा संचालन हुने हलले सो मागलाई सम्बोधन गर्ने आशा व्यक्त गरे।
त्यस्तै क्यूएफएक्सका अध्यक्ष रोशन अडिगाले पर्यटक र युवाहरूको रोजाइको केन्द्रमा भएकाले ठमेललमा हल संचालन गरिएको जानकारी दिए।
हलको उद्घाटनमा हलिउड स्पाइ थ्रिलर 'रेड स्प्यारो' पर्दर्शन गरिएको थियो।