काठमाडौ, फागुन : आगामी चैत २ गते रिलिज हुने ‘पंचायत’को शुक्रबार राती काठमाडौको कुमारीहलमा सम्पन्न भएको हो।
परिमियरमा पुर्व प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता, विशिष्ठ कलाकार, पत्रकार, चलचित्रकर्मीको सहभागी भएका थिए।
फिल्म हेरेपछि नेताहरुले उत्कृष्ट फिल्म बनेको भन्दै फिल्मको कथावस्तु र कलाकारको प्रस्तुतिको तारिफ गरेका छन् । २०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा सँस्कृतिमा फिल्माको कथा आधारित छ।
‘चलचित्रले त्यतीबेलाको सामाजिक साँस्कृतिक चित्रण गर्न सफल भएको छ, कलाकारको प्रस्तुति राम्रो र प्रभावकारी छ ’, फिल्म हेरेपछि पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भने। उनले नाम, कथावस्तु र पात्रको प्रस्तुतिमा अलिकति अन्तरविरोध जस्तो देखिएको प्रतिक्रिया दिए।
त्यस्तै अर्का पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले फिल्म यथार्थ, रोचक र मार्मिक भएको उल्लेख बताए ।
पुर्व अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुन, अनन्तले पुरानो इतिहास र समाज चित्रण गरेको भन्दै नयाँ पुस्ताले त्यो बेलाको राजनीतिक र सामाजिक परिवर्तन हेर्न पाउनु ठुलो कुरा भएको उल्लेख गरे ।
नेकपा एमालेका युवा नेता योगेश भट्टराईले नेपाली समाज त्यसमाथिपनि ग्रामिणभेगको थुप्रै घटना चलचित्रमा उद्घाटीत भएको प्रतिक्रिया दिएका थिए भने नेपाली काँग्रेसका नेता तथा पुर्व संचारमन्त्री मिनेन्द्र रिजालले शक्तिशाली विषयबस्तुमा चलचित्र पंचायत बनेको भन्दै तारिफ गरे ।
‘प्रिमियर ‘सो’मा उद्योग मन्त्री मातृकाप्रसाद यादव, पुर्व सभामुख ओनसरी घर्ती मगर, माओवादी केन्द्रका नेता नारायण दाहाल, काँग्रेस नेतृ उमा रेग्मी, प्रहरी अधिकारीहरु सर्वेन्द्रनाथ खनाल, रमेश खरेल, छविलाल जोशी, चलचित्र निर्माता नरेन्द्र महर्जन, प्रदिप कुमार उदय, आकास अधिकारी, सोभित बस्नेत जयकिशन बस्नेत लगायत कलाकार र पत्रकारहरुको सहभागिता थियो ।
गणेश गिरी, सुसान्त श्रेष्ठ र शंकर सुवेदीको लगानीमा बनेको चलचित्रको कार्यकारी निर्मातामा रवि अधिकारी हुनुहुन्छ । शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्मको मुख्य भूमिकामा रहेका नायक सरोज खनाल र नायिका नीता ढुंगानाले नेताहरुबाट तारिफ पाएकाले सहि चलचित्रमा मेहनत गरेको महसुस भएको प्रतिक्रिया दिएका थिए ।
खनाल र ढुंगानासँगै उक्त चलचित्रमा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ र रवि अधिकारीको समेत अभिनय छ । 'पंचायत'ले अमेरिकामा २१७ फिल्म मध्ये उत्कृष्ट अवार्ड पाईसकेको छ ।