‘द ब्रेकअप’को निर्माण घोषणा भएको छ । केही महिना अघि नै निर्माण तयारीमा लागेको फिल्म युनिटले शुक्रवार काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माण घोषणा गरेको हो ।
आइतबार देखि पोखराबाट फिल्मको सुटिङ सुरू हुँदैछ । हेमराज बिसी फिल्मका निर्देशक हुन्। रोहित अधिकारीको निर्माण रहने फिल्ममा रोमान्टिक कमेडी प्रेमकथा हुनेछ। फिल्ममा आशिरमान देशराज जोशी मुख्य भूमिका हुनेछन् ।
आशिरमानको जोडीको रूपमा नायिका शिल्पा मास्के हुनेछिन् । त्यस्तै फिल्ममा आशिर र शिल्पाको साथमा सलोन बस्नेत, रेमनदास श्रेष्ठ,सरोज खनाल, नव–कलाकार इच्छा कार्की लगायतका कलाकारको अभिनय रहने छ ।
भदौ १५ मा फिल्म रिजिज हुने जानकारी कार्यक्रममा दिइएको छ। फिल्मको छायाङ्कन पोखराको साथमा अस्ट्रेलियामा पनि हुने छ ।