विशेषत: रंगमञ्च र संगीतमाथि कलम चलाउँदै आएका पत्रकार अनुप ओझाले गायक छवि पेस गरेका छन् । ‘वारिको डाँडामा म...’ गीत सार्वजनिक गर्दै उनले आफ्नो गायकीको परिचय सुरू गरेका हुन्। उनले गीत युट्युबमार्फत शनिबार सार्वजनिक गरेका हुन् ।
अनुपकै शब्द रहेको यस गीतमा संगीत सागर राजले दिएका छन्। गीतकोलाई अस्ट्रेलियामा रहेको द नेक्स्टले बनाएको हो ।
अनुपका अनुसार, उक्त गीतले दुई युवाको बाल्यकालीन मित्रताको सन्दर्भ समेटेको छ । ‘पढाइ वा अरू कारणले दुई मित्रमध्ये एक जना देशबाहिर र अर्को देशभित्रै रहनुपर्दा सम्झना हुने विगतलाई गीतले लय दिन खोजेको छ,’ उनले भने, ‘भिडियोमा त्यो कुरा राम्ररी आउन सकेको छ ।’
https://www.youtube.com/watch?v=CSLxLKspxGE&feature=share
अस्ट्रेलियामा रहेको नेपाली कलाकारको समूह द नेक्स्टका प्रदीप लामाले निर्देशन गरेको उक्त भिडियोमा अनुप, द नेस्क्टका कलाकर्मी तथा दिप्सन परियार, निर्मल न्यौपाने, र समीर तामाङले खेलेका छन् । नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको भिडियो यस स्टडी अस्ट्रेलियाले उत्पादन गरेको हो । यसलाई द नेक्स्टले सागर राज फिल्म्सको सहकार्यमा प्रस्तुत गरेको हो ।