अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहने 'प्रसाद' फिल्मको औपचारिक घोषणा गरिएको छ।
सोमबार राजधानीमा एक कार्यक्रम गर्दै 'प्रसाद'को घोषणा गरिएको हो । विपिन र नम्रतालाई यसअघि ‘छड्के’ र ‘ताण्डव’मा एकसाथ काम गरिसकेका छन् भने उनीहरूले फिल्मका लागि जोडी बाँधन लागेको भने यो पहिलो अवसर हो ।
वैशाख पहिलो अन्तिम सातादेखि छायाँकनमा जाने फिल्मलाई दिनेश राउतले निर्देशन गर्नेछन् । फिल्मबाट रंगपत्रकार सुशील पौडेलले पटकथा लेखनमा डेब्यु गरेका छन् । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा फिल्मले पस्कनेछ। लेखेक पौडेलले आफुले देखेको र बुझेको समाजको कथालाई उतार्ने प्रयास गरेको बताए ।
‘ यदि फिल्म दर्शकको मनसम्म बस्न सके म आफूलाई भाग्यमानी ठान्नेछु नभए मैले अझै मेहनत गर्नुपर्छ भन्ने पाठ सिक्ने छु', पौडेलले भने।
त्यस्तै यसअघि ‘नोभेम्बर रेन’, ‘क्लासिक’ ‘पर्व’ निर्देशन गरेका निर्देशक राउतले यसपटक पारिवारिक कथा लिएर दर्शकमाझ आउन लागेको बताए। ।
‘लभस्टोरी फिल्म निर्देशन गर्दैगर्दा मैले थ्रिलर जनराको ‘पर्व’ बनाएँ । ‘प्रसाद’ फ्यामिली ड्रामा हो । रुवाउन र हँसाउन त नसक्ला तर यस फिल्मले सोच्न भने बाध्य बनाउँछ ।’
उता ‘प्रसाद’मा पति-पत्नीको भूमिकामा देखिन् लागेका विपिन र नम्रताले सिनेमाको कथा बलियो भएकाले गर्न तयार भएको बताए । सिनेमामा यी दुईका अलावा नविन मानन्धरको पनि मुख्य भूमिका रहनेछ ।सिनेमामा सुवास भुसाल/कोशिस क्षेत्रीको संगीत र सुभाष थापाको लगानी रहेनछ ।