दुई दशकदेखि संगीतमा सक्रिय चर्चित गायक दिपक बज्राचार्यले नयाँ गीत 'मनमगन' रिलिज गरेका छन्। 'ओ अमिरा' पपगीतबाट युवा श्रोताको मन जित्न थालेका बज्राचार्यले नेपालका विभिन्न जात्रा र पर्वहरूमा बजाइने बाजाहरूको प्रयोग गरेर यो गीत तयार पारेका हुन्।
गत वर्ष ‘सानी’ र ‘अल्लारे’ गीत सार्वजनिक गरेका दीपक 'मनमगन' एउटा गीत मात्र नभइ एउटा संस्कृति हो भएको बताउँछन् । सार्वजनिक गीतमा मात्र नभई उनले गीतको भिडियोमा पनि देशभरी हुने विभिन्न जात्रा तथा पर्वहरुमा बजाइने बाजा र नाचलाई प्रयोग गरेर भिडियो बनाएका छन्। उनले भिडियोलाई करिब १५० कलाकारको स्व-सहयोगमा बनाएका हुन्।
https://www.youtube.com/watch?v=A0GOxBvHNNg
दिपकले नेपालका विभिन्न बाजाहरूको प्रयोग गरेर त्यसैलाई एउटा कमर्सियल धुन बनाउने प्रयास स्वरूप गीत तयार पारेको बताए। गीतको धुन उनले रिक्की साक्यसँग मिलेर तयार पारेका हुन्। गीतमा शब्द पनि शाक्यको नै रहेको छ भने सुव्रत आचार्यले निर्देशन गरेको भिडियोको अवधारणाकर्ता भने चेरिसा बज्राचार्य हुन्।
गीतको सिर्जनामा उनले नेपाली बाजाको प्रयोगलाई प्राथमिकता दिए, जसमा दिपकको आफ्नो पहिचान हुनैपथ्र्यो, झुमाउने र नचाउने । गीतको भिडियोमा ज्येष्ठ नागरिकहरुको आजुगणदेखि अत्याधुनिक हिपहपका साथै सुदुरपश्चिमको तराईमा नाचिने छलिया नाच, पहाडको झ्याउरे, ताम्सलिङ लिम्बुवानको झाँक्री नाच, उपत्यकाको लाखे, भक्तपुरको घिन्ताङ किसी, इन्द्रजात्रामा देखाइने पुलुकिसी र धुनिया घुमाउने अनि उपत्यकाको परम्परागत नाच धिमेनाच आदिलाओ समेटिएको छ।