पोस्ट प्रोडक्सनमा रहेको आर्यन अधिकारी तथा पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ अभिनित ‘बाँध मायाले’ को रिलिज मिति घोषणा भएको छ. सविर श्रेष्ठ लिखित, निर्मित तथा निर्देशित फिल्म असोज ५ गते रिलिज हुने भएको छ।
हाल डविङ कार्य भैरहेको 'बाँध मायाले'को फस्ट लुक्स रिलिज छिट्टै रिलिज गर्ने जानकारी निर्देशक श्रेष्ठले दिएका छन् ।
‘हामी केही सातामै प्रेसमिट गरेर तपाईंहरु माझ सप्राइज प्याकेज सार्वजनिक गर्नेछौं’, लेखक, निर्माता तथा निर्देशक श्रेष्ठले भने, ‘नाम जस्तै फिल्मले सबै दर्शकलाई बाँध्नेछ भन्ने विश्वास छ।’
फिल्ममा आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेनको अभिनय छ । किशोर खड्का यसै फिल्मबाट नायकको रुपमा डेव्यु हुँदैछन् ।