मोडल निराजन प्रधान तथा अभिनेत्री मरिष्का मेरीलाई जोडी बाँध्दै 'प्रेमालय' फिल्म निर्माणको घोषणा गरिएको छ। बिहिबार एक औपचारिक कार्यक्रमकाबिच फिल्म निर्माणको घोषणा गरिएको हो। फिल्मलाई कुमार शाहले निर्देशन गर्नेछन्। यो उनको निर्देशकिय डेब्यू हो।
फिल्ममा निराजन तथा मरिष्काका अलावा सन्नी ढकाल, डा. सूर्या थापा, रविन्द्र झा, दालमन पुन लगायतका कलाकारको अभिनय रहनेछ । यस फिल्मले प्रेमकथाका अलावा फिल्ममा विदेशमा बस्ने छोरा-बुहारीको बच्चा स्याहार्न बाबु-आमालाई घुम्नको लागि भन्दै केहि महिनाको लागि विदेश बोलाउने प्रचलनको कथालाई समेत प्रस्तुत गर्नेछ ।
फिल्मको अष्ट्रेलिया तथा नेपालमा छायाँकन हुने जानकारी कार्यक्रम दिइएको थियो। आगामी साताबाट फिल्मको नेपाल छायाँकन सुरू हुनेछ भने अष्ट्रेलियामाको तालिका असार दोस्रो साताबाट छायाँकन हुने निर्माण पक्षले बताएको छ।
किरण माइकलको लेखन रहेको ‘प्रेमालय’मा राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत र रोहा शर्माको छायाँकन रहनेछ ।
एसके स्क्वाएर प्रोडक्सन र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा बन्ने ‘प्रेमालय’मा कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी, किरण माइकल र ऋषिकेश गिरी छन् । त्यस्तै निर्मातामा सुभाष श्रेष्ठ, सहनिर्मातामा सुक बहादुर कामी, थुम प्रसाद छन्त्याल र शेर बहादुर रोका क्षेत्री रहेका छन् ।
सोही कार्यक्रममा अष्ट्रेलिया बसेर नेपाली फिल्मको निर्माण र प्रदर्शनमा सक्रिय रहँदै आएका निर्माता मनोज अधीकारीको निर्देशखिय डेब्यू रहने फिल्म 'रूमानी'को पनि घोषणा गरिएको छ। रूमानीलाई पनि नेपाल तथा अष्ट्रेलिया दुबै ठाँउमा छायाँकन गरिनेछ।
फिल्मका मुख्य कलाकारहरू को हुने बारेमा केही समयपछि घोषणा गरिने जानकारी निर्देशक अधिकारीले कार्यक्रममा दिए। फिल्ममा अष्ट्रेलिया बस्ने केटाले नेपाल आएर अष्ट्रेलिया पुगेकी एक युवतीको कथा रहनेछ।