प्रसिद्ध रक ब्यान्ड द बिटल्सको ‘हे जुड’ गीतको हस्तलिखित प्रति ९ लाख १० हजार अमेरिकी डलरमा बिक्री भएको छ।
गायक तथा संगीतकार पल म्याकार्टनीले बिटल्सका लागि लेखेको उक्त गीतको हस्तलिखित प्रति लिलामीमा राख्दा अनुमान गरिएभन्दा छ गुना बढीमा बिक्री भएको हो।
सन् १९६० मा जोन लेनन, पल म्याकार्टनी, जर्ज ह्यारिसन र रिंगो स्टारले 'द बिटल्स' स्थापना गरेका थिए।
ब्यान्डका सबै सदस्य छुट्टिएको ५० औँ वर्षमा शुक्रबार जोन लेननका छोरा जुलियन जोन चार्ल्स लेननले बिटल्सका २५० वटा सामान लिलामीमा राखेका थिए। यसमा ब्यान्डको लोगो अंकित बास ड्रम हेड, गितार, चित्र र गीत बिक्री गरिएको थियो।
पलले सन् १९६८ मा जुलियनकै नाममा ‘हे जुड’ गीत लेखेका थिए। गायक जोन लेनन र उनकी श्रीमती सिन्थियाको सम्बन्धविच्छेदपछि पलले जुलियनलाई सान्त्वना दिन यो गीत लेखेका थिए।
पलले एक अन्तर्वार्तामा भनेका छन्- 'सुरूमा याे गीत ‘हे जुल्स’ थियो, पछि जुड बढी सुहाउँदिलो भएकाले ‘हे जुड’ बनाइएको हो।'
यो गीत ग्रेमी अवार्डमा मनोनित भएको छ।