आगामी फागुनमा दोस्रो ‘कर्णाली उत्सव’ सञ्चालन हुने भएको छ।
आयोजनक ऋति फाउण्डेशनका अनुसार फागुन २७, २८ र २९ गते कर्णाली उत्सव सञ्चालन गर्न लागिएको हो। गत वर्ष फागुन १९, २० र २१ गते पहिलो कर्णाली उत्सव सञ्चालन गरिएको थियो।
‘कर्णाली उत्सवः कुडा कर्णालीका’ शीर्षक दिईएको यो कार्यक्रममा कर्णाली प्रदेशको अवस्था, संस्कार, समानता जस्ता विषय केलाउने प्रयास गरिन्छ। गत वर्ष विभिन्न १४ वटा सत्र सञ्चालन गरेर कर्णालीका विविध विषयमा बहस गरिएको थियो।
यो वर्षको उत्सवमा कतिवटा सत्र चलाउने भन्ने विषयमा भने छलफल भईरहेको कर्णाली उत्सव आयोजक समितिका संयोजक तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक कमलराज लम्सालले बताए।
यो वर्षको उत्सवमा देश तथा देशबाहिरका ५० जना भन्दा बढी साहित्यकार, लेखक, पत्रकार तथा विशिष्ट व्यक्तिहरु अतिथिका रुपमा सहभागी हुने लम्सालले जानकारी दिए। सुर्खेतको प्रमु पर्यटकीय स्थल बुलबुले उद्यानभित्र उत्सव सञ्चालन गरिने छ।
कोरोना महामारीको अवस्थालाई मध्यनजर गरी भौतिक दूरी कायम गर्दै उत्सव सञ्चालन गरिने उनले बताए। ‘कोरोना महामारीको महामारीको संक्रमण अझ उच्च हुँदै गएमा अभौतिक रुपमै (भर्चुअल) भएपनि उत्सवलाई निरन्तरता दिन हामी दृढ छौं,’ संयोजक लम्सालले भने।
कर्णाली प्रदेशको पहिचान र सम्भावनालाई उजागर गरी प्रदेशको ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटर्की महत्वलाई राष्ट्रिय रुपमा परिचिन गराउनु कर्णाली उत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ।
गत वर्षको भन्दा यो वर्षको कर्णाली उत्सवमा थप आकर्षणका प्रस्तुतिहरु हुने लम्सालले जानकारी दिए। कर्णालीका मौलिक कलाहरुको प्रस्तुति तथा नदेखिएका र नसुनिएका हिरो (पैकालो) हरुका कटा उत्सवमा प्रस्तुत गरिने उनले बताए।
गत वर्षको कर्णाली उत्सवमा राउेट समुदायलाई समेमिटएको ‘कर्णालीका ११ जिल्ला’ भन्ने शत्र पनि सञ्चालन गरिएको थियो। जसमो राउटे समुदायका परम्परा, मान्यता, समस्या लगायतका विषयमा राउटे मुखियाको सहभागितामा बहस गरिएको थियो।
यस्तै ‘कर्णालीका बेला’, ‘कर्णाली कोट्याउ’ ‘मान्ठा जुर्मुराउँछन्’ शिर्षकभित्र रही स्थानीय भाषाका सत्र सञ्चालन गरिएको थियो।
जसभित्र ‘तीन तह–बगाउन्या कर्णालीका वह’, ‘खसका खासखुस’, ‘कालापहाडका तोडा (धनको थैलो)’, ‘कर्णाली क्यानाम घुमेर हेर्दा’, ‘कर्णालीका कला’, ‘संस्कार र समानता’, ‘दवाई देवता’, ‘भोक र भकारीमा’, ‘कसरी बन्छ कर्णाली ?’, ‘साहित्यमा कर्णालीको कथा’, ‘खस विद्रोह र जागरण’, ‘इतिहास प्रदेश प्राप्ति र विकास’ जस्ता शिर्षक बहस गरिएको थियो।