चर्चित गायिका मेलिना राई र गायक मञ्जुल मितेरीको स्वरमा ‘जीवन गीत’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।
गायक मञ्जुल मितेरीकै शब्द, संगीत रहेको गीतमा बादल लिम्बूको संगीत संयोजनको रहेको छ। गायक मितेरी हाल जापानमा रहेर विश्वकै सबैभन्दा बिशाल बुद्धमूर्ति समेत बनाईरहेका रहेका छन्।
ए एस ए ग्रुप प्रोडक्सनको दोस्रो प्रस्तुतिको रुपमा सार्वजनिक उक्त भिडियो सरिता लिङ्देनले निर्देशन गरेकी हुन् भने आना होन्छेनले छायांकन गरेका छन् ।
जीवन दर्शनको परिभाषा बोकेको यस गीतमा आरोशी थापा र दीपेश मगरले स्क्रीन शेयर गरेका छन्। यस गीतमा परिभाषित गरिएको जीवनका सारहरुलाई दर्शाउन खोजिएको भिडीयोकी निर्देशक सरीता लिङ्देन बताउँछिन्।