गायक, संगीतकार तथा गीतकार प्रकाश तामाङ तितुङ र भ्वाइस अफ नेपाल सिजन ३ बाट चर्चामा आएकी गायिका सुजिता योन्जनको स्वरमा ‘सोल्टा सोल्टीनी’ बोलको गीत सार्वजनिक भएको छ।
यस गीतमा शब्द र संगीत पनि प्रकाशकै रहेको छ। फणिन्द्र राईले एरेञ्ज गरेको गीतमा सुमन खड्काको मिक्सिङ मास्टरिङ रहेको छ।
‘सोल्टा सोल्टीनी’ गीतको म्युजिक भिडियोमा रियल हिरो अभिनेता पल शाह र मोडल साक्षी लम्सालको अभिनय रहेको छ। साथमा प्रिया प्रधान, आकांक्षा तामाङ र सिता प्याकुरेको पनि अभिनय छ।
चर्चित निर्देशक जीवन थापाले निर्देशन गरेको भिडियोमा पल र साक्षी सोल्टा, सोल्टीनी बनेका छन्। पल र साक्षीको विभिन्न स्टेप डान्ससहित रोमान्स पनि यस भिडियोमा देख्न सकिन्छ।
यस म्युजिक भिडिओमा निर्देशनसँगै सम्पादन र कलर पनि निर्देशक जीवनकै छ, भने दिर्घ गुरूङको छायांकन छ। यो गीत मोक्तान डिजिटल युट्युव च्यानलमा रहेको छ।
हेर्नुहोस् भिडिओ