गायक नरेश रेग्मी र गायिका देवी घर्तीको स्वरमा दसैं विशेष गीत ‘आयो दशैं’ सार्वजनिक भएको छ।
गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ। यो गीतमा दशैं नजिक आउँदा पनि प्रेमी प्रेमिका बाध्यताले टाढा हुनु परेको पीडा व्यक्त गरिएको छ। यो गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल तनुजा वलीको अभिनय छ।
यो गीतको भिडियोलाई विक्रम चौंहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।