नेपाली निर्देशक अनुप थापाको लेखन तथा निर्दशन रहेको बलिउड फिल्म 'ये मर्द बेचारा'को ट्रेलर रिलिज भएको छ। फिल्मको ट्रेलर '२ इडिएट म्युजिक'को युट्युब च्यानलबाट रिलिज भएको हो।
नोभेम्बर १९ मा रिलिज हुने यो कमेडी फिल्ममा पुरुष पात्रको समस्यालाई रमाइलो शैलीमा देखाउन खोजिएको छ।
फिल्ममा बिरज राव, मनुकृति पह्वा, मनिक चौधरी, सीमा पह्वा, ब्रिजेन्द्र कला आदि कलाकार मुख्य भूमिकामा छन्। शिवम् अग्रवाल निर्माता रहेको फिल्ममा शकिल ए खानको छायांकन, सुन्दर पठुरीको सम्पादन, गौरवको भिएफएक्स, मनोजको रंग संयोजन, गीताञ्जली भारतीको कस्टम डिजाइन देख्न सकिन्छ।