तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरंगी टीका लगाइदिएर भाइ टीका मनाएका छन्।
नेपाली कला क्षेत्रका कलाकारले पनि आफ्नो दिदीबहिनी तथा दाजुभाइसँग भाइटीका लगाए। दीपकराज गिरी, सन्दिप क्षेत्री, ऋचा शर्मा, साम्राज्ञी आरएल शाह, जितु नेपाल, निर्मल शर्मा, खगेन्द्र लामिछाने, केकी अधिकारी, नीता ढुंगाना, सारिका घिमिरे, अनु शाह, रुविना थापालगायतका कलाकारहरुले आफ्ना दाजु-भाइ दिदी-बहिनीसँग टीका लगाएका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
तस्बिरमा हेरौं कलाकारहरुको भाइटीका :-

















