उपन्यासकार लीलबहादुर क्षेत्रीलाई भारतले पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको छ।
भारतका राष्ट्रपति रामनाथ कोविन्दले उपन्यासकार क्षेत्रीलाई सोमबार पुरस्कार प्रदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
उनलाई सन् २०२० को साहित्य र शिक्षाको विधामा पुरस्कार प्रदान गरिएको हो।
उनी चर्चित उपन्यास बसाइँका लेखक हुन्।